मन्त्री मास्कीद्वारा राप्ती नदीमा र्‍याफ्टिङ – Kanika Khabar
Sunday, May 19Nepali News Portal

मन्त्री मास्कीद्वारा राप्ती नदीमा र्‍याफ्टिङ

    मा प्रकाशित

दाङ,१७ पुस ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले राप्ती नदीमा र्‍याफ्टिङ गरेका छन् । प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी दाङ भएर बग्ने राप्ती नदीमा मंगलबार मन्त्री मास्कीले र्‍याफ्टिङ गरेका हुन् । केही दिन अघि र्‍याफ्टिङ सफल परीक्षण भएपछि मंगलबार आफूले पनि र्‍याफ्टिङ गरेको उनको भनाई छ ।

 

मन्त्री मास्कीले प्रदेश राजधानीमा आउने १२ वटै जिल्लामात्रै नभई बाहिरी देशबाट आउने पर्यटकहरुलाई पनि भित्र्याउन यसले भूमिका खेल्ने बताए ।“प्रदेश राजधानी भएपछि यस क्षेत्रमा रमाउने ठाउँहरु पनि चाहिन्छ”,उनले भने “राजधानीको शिरमा रहेको देवीकोटमा प्याराग्लाइडिङ र राप्ती नदीमा र्‍याफ्टिङ सुरु भएमा यसले राजधानीको शोभा बढाउनेछ ।”

 

दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले शुक्रबार र शनिबार र्‍याफ्टिङकाे सफल परीक्षण गरेको थियो । परीक्षण सफल भएसंगै आगामी माघदेखि ब्यबसायिक रुपमा सुरु गर्ने तयारी रहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए ।

 

राप्ती र गढवा गाउँपालिकाको पहलमा र्‍याफ्टिङ सञ्चालनमा ल्याउने गरी तयारी गरिएको उनको भनाई छ । राप्ती नदीको भालुबाङदेखि सिसहनिया पुलसम्म ९ महिनासम्मै र्‍याफ्टिङ सञ्चालन गर्न सकिने गरी परीक्षण भएको छ ।

 

गढवा गाउँपालिका, राप्ती गाउँपालिका र शितगंगा नगरपालिकाको सिमाना भालुबाङको पुल्चोकदेखि सिसहनिया–महदेवा जोड्ने पुलसम्म राप्ती नदीको करिब १५ किलोमिटर क्षेत्रमा परीक्षण गरिएको थियो ।र्‍याफ्टिङ

 

कर्णाली ¥याफ्टिङ एण्ड एण्डभेन्चर प्रालिले राप्ती नदी क्षेत्रको चकचके–बड्डाँडा, बडडाँडा–भालुवाङ, भालुवाङ–सिसहनिया र सिसहनिया–लमहीसम्म ¥याफ्टिङ सञ्चालनको अध्ययन गरिसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्