राजपुरमा जलीय जैविक विविधता संरक्षण समुह गठन – Kanika Khabar
Thursday, November 13Nepali News Portal

राजपुरमा जलीय जैविक विविधता संरक्षण समुह गठन

    मा प्रकाशित

तिर्थराज ज्ञवाली
असार २८, दाङ ।

राजपुर गाउँपालिकाको वडा नं ७ मा जलीय जैविक विविधता संरक्षण समुह गठन गरिएको छ ।
श्री भयारथान समुदायिक वन उपभोक्ता समिति बन्कट्टीको आयोजनामा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको प्राविधिक सहयोग तथा राजपुर पाउँपालिका बडा नं. ७ को समन्वयमा जैविक विविधता संरक्षण समुह गठन गरिएको हो ।
राजपुर गा.प. वडा नं. ७ बन्कट्टीमा राप्ती नदीको जलिय जैबिक बिबिधताका चुनौतीहरुलाई न्युनीकरण गर्ने दिगो तरीकाले माछाको उपयोग गरी विनाशकारी माछा मार्ने तरिकालाई निरुत्सााहित गर्ने, मध्य राप्ती जलाधार क्षेत्रमा पाईने स्रोतहरुको सुधार तथा व्यवस्थापन गर्नका लागि समुह गठन गरिएको फिल्ड संयोजक राम मोती चौधरीले जानकारी दिएका छन् ।
भयारथान सामुदायिक बनका अध्यक्ष चेव बहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ७ कादवडा अध्यक्ष भीम बहादुर खड्का, मिश्री लाल गुप्ता , नीमा वली चित्र बहादुर बस्ने राम बरण लगायतको सहभागीता रहेको थियो ।
श्री भयारथान जलीय जैविक विविधता संरक्षण समुह मिश्री लाल गुप्ता को अध्यक्षतामा २० सदस्यीय समिति गठन गरिएको छ । उपाध्यक्ष चित्र बस्नेत, सचिव सुसिला भण्डारी, कोषाध्यक्ष दिलबहादुर भण्डारी र सदस्यमा निमे कुमाल सौर्य कुमाल, धनिसारा नेपाली फाटाली, मदन नेपाली, पार्वती कुमाल, विरवल चौधरी, ठाकुर प्रसाद कवर, कर्ण बहादुर खड्रका, ब्ोद कुमार भण्डारी, ज्ुाठी कुमारी नेपाली, सिता कुमाल, निर्मला नेपाली फाटाली, मनिकला कुमाल, धन बहादुर नेपाली, भिमा कवर, पुजा नेपाली रहेका छन् ।
श्री भयारथान जलीय जैविक विविधता संरक्षण समुहको सल्लाहाकारमा भीम बहादुर खड्का, च्ोत बहादुर वली, मदुसुदन पुन, बिष्णु के. सी, चेत बहादुर वली रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्