रुकुम पश्चिममा बृहत प्रजनन स्वास्थ्य शिविर – Kanika Khabar
Sunday, May 19Nepali News Portal

रुकुम पश्चिममा बृहत प्रजनन स्वास्थ्य शिविर

    मा प्रकाशित

रुकुम पश्चिम, २६ पाैष ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा बृहत प्रजनन स्वास्थ्य शिबिर सम्पन्न भएको छ । नेपाल परिवार नियोजन संघको आयोजना, आइ.पि.पि.एफ स्प्रीन्ट परियोजनाको सहयोग र सानोभेरि गाउपालिकाको ब्यबस्थापनमा उक्त प्रजनन स्वास्थ्य शिबिर सञ्चालन गरिएको थियो ।

सानीभेरी १ चाइनाबगर देखि सञ्चालन गरिएको प्रजनन स्वास्थ्य शिबिर २५ गते सानीभेरी ४ को बलिबाङमा समापन गरिएको हो । उक्त ९ दिने शिबिरबाट एक हजार ५ सय ६१ जनाले सेवा लिएका छन । जस अनुसार महिला एक हजार ३ सय ९२ जना रहेका छन भने पुरुष एक सय ६९ जना रहेको नेपाल परिवार नियोजन संघ दाङका शाखा प्रबन्धक बसन्त खनालले जानकारी दिए ।

बिपतको समयमा प्रजनन स्वास्थ्य सेवाको महत्त्व र आबश्यक्ता धेरै महत्त्वपूर्ण रहेकोले बिशेष गरेर महिलालाई बढी प्राथमिकता दिएको प्रबन्धक खनालले बताए । शिबिरमा लैङ्गिक हिंसा, गर्भबति महिला, सुत्केरि महिला, किशोर किशोरिलाई प्रजनन स्वास्थ्य सम्बन्धि सेवा र परामर्श, यौन रोग तथा एच आइ भि एडस सम्बन्धि परामर्श तथा उपचार सेवा, परिवार नियोजन सेवा, पाठेघर मुखको क्यान्सरको स्कृनिङ सेवा लागायत बिभिन्न सेवाहरु शिबिरबाट प्रदान गरिएको जानकारी दिए ।

भूकम्प प्रभाबितहरुको घाउमा मल्हम लगाउनको लागि परिवार नियोजन संघले निभाएको भूमिकाप्रति गाउँपालिकाले आभार प्रर्कट गर्नुका साथै सम्मान गरेको छ । १९ गते देखि शुरु भयको शिबिर पालिकाका ९ वटा स्थानमा सञ्चालन गरिएको हो ।

सानीभेरी पश्चात भुकम्पबाट प्रभाबित क्षेत्र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका, जाजरकोटको नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र कुशे गाउँपालिकामा प्रजनन स्वास्थ्य शिबिर सञ्चालन गरिने शाखा प्रबन्धक बसन्त खनालले जानकारी दिए । शिबिरमा नेपाल परिवार नियोजन संघ बाट स्त्री रोग बिशेषज्ञ डा. अस्मिता पाठकको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले सेवा दिईरहेको पनि बताए । साथै लैगिंक हिंसा सम्बन्धि सेवाका लागि ओरेक नेपालले सहयोग गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्