आज पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती – Kanika Khabar
Sunday, May 19Nepali News Portal

आज पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती

    मा प्रकाशित

दाङ, २७ पाैष ।

आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती परेकाे छ । आज देशभर पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको रुपमा विभिन्न कार्यक्रम गरी मनाइने भएकाे हाे ।

वि.सं. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीको कोखबाट जन्मिएका पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएकाले उनको जन्मजयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउन थालिएको हो ।

विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । आज पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती

पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्