टेलिचलचित्र ‘डिङ्नो’ माघ १५ गतेबाट प्रशारण हुने – Kanika Khabar
Friday, May 3Nepali News Portal

टेलिचलचित्र ‘डिङ्नो’ माघ १५ गतेबाट प्रशारण हुने

    मा प्रकाशित

शिव पुन
दाङ, ६ माघ ।

पश्चिम दाङको बबई गाउँपालिकामा छायांकन गरिएको टेलिचलचित्र ‘डिङ्नो’को प्रसारण मिति घोषणा भएको छ । सिरिज यही माघ १५ गतेबाट हरेक सोमबार बेलुका ८ बजेदेखि ९ बजेसम्म हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको हो ।

शनिबार विश्वज्योती हलमा टेलिचलचित्र शीर्षगीत सार्वजनिक गर्दै निर्माण टिमले रिलिज डेटसमेत घोषणा गरेको हो । टेलिचलचित्र निर्देशक विष्णु बुढाथोकीले ‘डिङ्नो’ले हजारौ जेहेन्दार, दक्ष नेपाली जनशक्ति दिन प्रतिदिन आफ्नो र परिवारको सपनाको झोला बोकेर बहानामा बिदेशिनेहरुको कथा रहेको छ । जसको कारण हिजोआज हाम्रो गाउँबस्ती, समाज सहारा बिहिन हुँदै गएका छन् । यिनै बिषयलाई उठाएर टेलिश्रृंखला देखाउने प्रयास गरेको बताए ।

पहिलो चरणको सेड्युल अन्तर्गत दाङमा पन्ध्र एपिसोडसम्म छायांकन भइसकेको छ भने सिरिज प्रदर्शन सुरु भएसंगै दोश्रो चरणको छायांकन सुरु गरिने कार्यकारी निर्माता आनन्द पुनले जानकारी दिएका छन् । सिरिजमा कुलदिप अधिकारी, रोशनी कार्की, जेबी डिसी, बिष्णु बुढाथोकी, पूर्णबहादुर गन्धर्व, सरिता कठायत, सुप्रभा अधिकारी, आकुशा श्रेष्ठ, सन्दिप वस्ती लगायतका कलाकारको अभिनय रहेको छ ।

योगेश काजीको शीर्षगीत रहेको टेलिश्रृंखलामा अंकुर गुरुङको छायांकन, पूर्णबहादुर गन्धर्वको पटकथा तथा संवाद छ । सन्जिव कार्कीको सहायक निर्देशन, आनन्द पुन र बसन्त बुढाथोकी कार्यकारी निर्माण र शैलेश खत्री निर्मातामा छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्