गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ‘सोनाम लोछार’ गीत सार्वजनिक – Kanika Khabar
Friday, May 3Nepali News Portal

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ‘सोनाम लोछार’ गीत सार्वजनिक

    मा प्रकाशित

काठमाडौं । गायक सुभ तामाङ  र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत ‘सोनाम लोछार’ सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत ‘सोनाम लोछार डम्फु र टुङ्ग्ना’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सोनाम ल्होछारको वा तमाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो । तामाङ जातिको महान् पर्व सोनाम ल्होछारले आपसी सद्भाव र मेलमिलापका लागि अगाडि बढाएको गीतकार योञ्जनको भनाइ छ ।

उक्त गीतमा डिवी लामाले संगीत भरेका छन् भने संगीत संयोजन जोगलाल लामाको रहेको छ । ‘डम्फु र टुङ्गना बजाउँदै’ सोनाम ल्होछार मनाउनको लागि गीतमा आग्रह गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्