‘साक्षी राखेर भगवानलाई’मा मनोज र समियाको रोमान्स – Kanika Khabar
Sunday, April 27Nepali News Portal

‘साक्षी राखेर भगवानलाई’मा मनोज र समियाको रोमान्स

    मा प्रकाशित

कनिका खबर
असार २८, दाङ ।
गीत लेखेरै १५ विश्व रेकर्ड राखेको गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘साक्षी राखेर भगवानलाई’ सार्वजनिक भएको छ । राज सागरको स्वर तथा संगीत रहेको गीत आकर्षक भिडियोसहित सार्वजनिक भएको हो ।
गीतको भिडियो शुभाष प्रधानले निर्देशन गरेका हुन् । भिडियोमा मनोज ओली र समिया कार्कीको रोमान्स देख्न सकिन्छ ।
डम्बर राईको छायाँकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो डीआर म्युजिक एण्ड क्रिएशन मार्फत सार्वजनिक गरिएको छ ।
अहिलेसम्म १९ एल्वम मार्फत सयौं गीतसंगीत सार्वजनिक गरेका गीतकार उपाध्यायको दस उपन्यास पाठकमाझ आएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्