थप ८२ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको संख्या १६ हजार ८ सय १ पुग्यो – Kanika Khabar
Friday, April 19Nepali News Portal

थप ८२ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको संख्या १६ हजार ८ सय १ पुग्यो

    मा प्रकाशित

कनिका खबर
असार २८, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार नेपालमा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज आइतबार थपिएका ८२ जनासँगै कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
आज ३ हजार ९१६ जनाको पीसीआर परीक्षण भएकोमा ८२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना र मोरङका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १९ र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना र सिन्धुपाल्चोकका एकजना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ५ जना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मनवानपुरका एकजना र सिन्धुलीका एकजना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, ललितपुरका एकजना र सोलुखुम्बुका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २ जना, नवलपरासी पूर्वका एकजना, पर्वतका २ जना स्याङ्जाका एकजना र तनहुँका ६ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा गोरखाका एकजना र लमजुङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका एकजना र पाल्पाका एकजना, दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका एकजना, चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पश्चिमका २ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका ११ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका एकजना र डडेल्धुराका २ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका २ जना र दार्चुलाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप १४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८ हजार ५८९ पुगेको छ भने ३८ जनाले ज्यान गुमाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्