पार्टीभित्र कसैलाई राष्ट्रवादी कसैलाई दलाल देखाउन खोजिएकोमा प्रचण्डको आपति – Kanika Khabar
Friday, March 28Nepali News Portal

पार्टीभित्र कसैलाई राष्ट्रवादी कसैलाई दलाल देखाउन खोजिएकोमा प्रचण्डको आपति

    मा प्रकाशित

कनिका खबर
असार २८, चितवन ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्र कसैलाई राष्ट्रघाती दलाल र कसैलाई महान् राष्ट्रवादी करार गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । चितवनमा आज आयोजित कार्यक्रममा प्रचण्डले पार्टीभित्र कसैलाई दलाल र कसैलाई महान् राष्ट्रवादी भन्दै जिन्दावाद र मुर्दावादको नारा नलगाउन कार्यकर्तालाई आग्रह पनि गरे ।
पार्टीलाई एकतावद्ध राख्नु नै सबैको कर्तव्य भएको भन्दै उनले कोही राष्ट्रघाती दलाल, कोही महान् राष्ट्रवादी भन्ने नहुने प्रचण्डको भनाइ थियो । सबै मिलेरै नाकाबन्दीको सामना गरेको र सबै मिलेरै नक्शा बनाएको भन्दै प्रचण्डले भने, के को राष्ट्रवाद जिन्दावाद र मूर्दावादको कुरा ? पार्टीभित्र जिन्दावाद र मूर्दावाद भन्ने कुरा कसरी ? पार्टीलाई कुनै हालतमा फुट्न नदिने प्रतीज्ञा गर्दै प्रचण्डले सरकारले लिएका राम्रा अडान, निर्णय र काममा पार्टीको सिंगो पंक्तिको साथ रहेको र पार्टी बैठकबाटै धन्यवाद दिइएको पनि प्रष्ट पारे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्