दाङका दुई उपमहानगरपालिकाको पुँजीगत खर्च ,घोराहीमा १३.२७ र तुलसीपुरमा १८ प्रतिशत – Kanika Khabar
Monday, May 20Nepali News Portal

दाङका दुई उपमहानगरपालिकाको पुँजीगत खर्च ,घोराहीमा १३.२७ र तुलसीपुरमा १८ प्रतिशत

    मा प्रकाशित

अमरराज आचार्य
दाङ, १५ माघ ।
दाङका २ उपमहानगरपालिकाले चालु आर्थिक वर्षको ६ महिना पुँजीगत खर्च २० प्रतिशत पनि गर्न सकेका छैनन् । चालु आर्थिक वर्षको आधा समय सकिँदा पनि उपमहानगरपालिकामा २० प्रतिशत पँुजीगत बजेट खर्च हुन सकेको छैन । आधा वर्ष बित्दा पनि पँुजीगत खर्च २० प्रतिशत नकट्नु कार्यान्वनको पाटो कमजोर देखिएको हो ।

घोराही उपमहानगरपालिकाको चालु आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च १३.२७ प्रतिशत मात्रै रहेको छ । उपमहानगरपालिकाको पुँजीगत बजेट कुल ९ करोड ६७ लाख ७ हजार रहेको थियो । जसमा पुस मसान्तसम्ममा ११ करोड ९० लाख ३ हजार ६ सय ६५ रुपैयाँ खर्च भएको छ । जुन १३.२७ प्रतिशत खर्च हो । चालुतर्फ १ अर्ब २९ करोड २२ लाख ५ हजार बजेट रहेकोमा ५० करोड ७ लाख २२ हजार ३ सय ८ रुपैयाँ खर्च गरेको छ । जुन खर्च ३९.३६ प्रतिशत हो ।

उपमहानगरपालिकाको कुल बजेट २ अर्ब १ करोड ९ लाख ८३ हजार रहेको उपमहानगरपालिकाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको प्रतिवेदनका उल्लेख गरिएको छ । जसमा ६२ करोड ७७ लाख २५ हजार ९ सय ७४ रुपैयाँ खर्च भएको छ । जुन खर्च २८.६७ प्रतिशत हो । उपमहानगरपालिकाको आन्तरिकतर्फ १ अर्ब ३७ करोड २ लाख ३ हजार बजेट रहेको थियो । जसमा पुस मसान्तसम्म ३१ करोड ९२ लाख २ हजार ६ सय ५६ रुपैयाँ खर्च भएको छ । जुन खर्च २३.२९ प्रतिशत हो । चालुतर्फ ५७ करोड ३० लाख ५ हजार बजेट रहेको थियो । जसमा २ करोड २२ हजार ४ सय ९९ रुपैयाँ खर्च भएको छ । जुन खर्च ३४.९४ प्रतिशत हो । पुँजीगततर्फ ७९ करोड ७२ लाख ७ हजार बजेट रहेको थियो । जसमा ११ करोड ९० लाख ३ हजार ६ सय ६५ रुपैयाँ खर्च भएको छ । जुन खर्च १४.९३ प्रतिशत हो ।

प्रदेश सरकारतर्फको कुनै पनि बजेट खर्च हुन सकेको छैन् । प्रदेश सरकारअन्र्तगत चालु र पुँजीगत बजेट गरेर ४ करोड ७८ लाख ५० हजार बजेट रहेको थियो । संघीय सरकारतर्फको जम्मा ७६ करोड ५९ लाख बजेट रहेको थियो । जसमा पुस मसान्तसम्म ३० करोड ४ लाख ९७ हजार ३ सय १७ रुपैयाँ खर्च भएको छ । जुन खर्च ४०.२७ प्रतिशत हो । चालुतर्फ ७१ करोड २ लाख बजेट रहेको थियो । जसमा ३० करोड ४ लाख ९७ हजार ३ सय १७ रुपैयाँ खर्च भएको छ । जुन खर्च ४३.२ प्रतिशत हो । पुँजीगततर्फ ५ करोड ३१ लाख बजेट रहेको थियो । जसमा बजेट खर्च हुन सकेको छैन् ।

तुलसीपुरको पुँजीगत खर्च १८ प्रतिशत तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा पँुजीगत खर्च १८ प्रतिशत गरेको छ । चालु आर्थिक वर्षमा तुलसीपुर उपमहानगरपालिकामा पुँजीगततर्फ ५८ करोड बजेट रहेको थियो । जसमा पुस मसान्तसम्ममा १० करोड खर्च भएको हो । जुन खर्च १८ प्रतिशत रहेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए । चालुतर्फ १ अर्ब २१ करोड बजेट रहेको थियो । जसमा ४५ करोड खर्च भएको छ । जुन खर्च ३७ प्रतिशत हो । उपमहानगरपालिकाको कुल बजेट १ अर्ब ७९ करोड रहेको थियो । जसमा पुस मसान्तसम्म ५५ करोड खर्च भएको छ । जुन खर्च ३१ प्रतिशत हो । तुलसीपुर उपमहानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा पुुस मसान्तसम्ममा कुल बजेटको २३ प्रतिशत मात्र बजेट खर्च गरेको थियो भने चालु आर्थिक वर्षमा ६ महिनामा ३१ प्रतिशत खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत केसीले बताए ।

उपमहानगरपालिकाका चालु आर्थिक वर्षका लागि १ सय ७४ वटा योजना रहेका थिए । जसमा ४० वटा सम्पन्न भइसकेको उपमहानगरपालिकाले जनाएको छ । त्यसै गरेर १ सय ७ वटा सम्झौता भएर कार्यान्वयनको चरणमा रहेका छन् । भने २७ वटा सम्झौताको प्रक्रियामा रहेका छन् ।

भुक्तानी नहँुदा खर्च कम : प्रमुख प्रशासकिय अधिकृत केसी

भौतिक प्रगति भएको तर वित्तीय प्रगति नहुँदा पुँजीगत खर्च कम भएको देखिएको घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बताएका छन् । ‘काम सम्पन्न गरे पनि सबै प्रक्रिया पु¥याएर भुक्तानी लैजान ढिला गर्ने भएकाले पुँजीगत खर्च कम देखिएको हो’,प्रमुख प्रशासकीय अधिकृत केसीले भने,‘योजना कार्यान्वयन पनि चालु आर्थिक वर्षमा कम भएका छन् ।’

अहिले योजनाको कार्यान्वयनको चरण रहेको समेत उनको भनाइ रहेको छ । योजनाहरूको ठेक्का प्रक्रियामा जादा समय लाग्ने गरेकाले पनि खर्च कम भएको उनी बताउँछन् । चार्डपर्वपछि नै योजनाहरू कार्यान्वन हुने भएकाले खर्च हुने समय अव बढ्ने छ । उपभोक्तालाई योजना कार्यान्वयनका लागि तालिम समेत प्रदान गरी सकिएको र अब कार्यान्वनमा अगाडि बढ्ने उपमहानगरपालिकाको अपेक्षा रहेको छ । अघिल्लो आर्थिक वर्षकोभन्दा यस वर्ष खर्च कम भएको प्रमुख प्रशासकीय अधिकृत केसीले बताए । संघीय सरकार तथा प्रदेश सरकारबाट आउनु पर्ने बजेट आधा पनि आउन नसकेको उनले बताए । ‘हामीलाई दिएको सिलीङअनुसार आधा बजेट पनि आएको छैन’ प्रमुख प्रशासकीय अधिकृत केसीले भने । याे समाचार आजकाे गाेरक्ष राष्ट्रिय दैनिकमा प्रकाशित छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्