ओमप्रकाश गुप्ता,
भालुवाङ २८ असार ।
दाङको देउखुरीमा भारतबाट पसेको सलहको नयाँ समूह देखा परेको छ । राप्ती गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रमा नयाँ सलह कीरा देखा परेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले जानकारी दिएका छन् ।
दाङ देउखुरीको राप्ती गाउँपालिकाको वडा नम्बर १,२,३ र ४ मा तथा गढवा गाउँपालिकाको पचहियामा आइतबार करोडौंको संख्यामा सलह किरा देखा परेको छ । आइतबार एक्कासी राप्ती गाउँपालिकामा एउटै झुण्डमा रहेको करिव करोडौंको संख्यामा सलह आएको राप्ती गाउँपालिकाका कृषि शाखा प्रमुख महेश अधिकारीले जानकारी दिएका छन् । यस अघिको भन्दा ठूलो संख्यामा सलह किरा रहेको राप्ती गाउँपालिका निवासी किसान तथा राप्ती उद्योग बाणिज्य संघ भालुवाङका महासचिव सुरज खड्काले जानकारी दिएका छन् । राप्ती गाउँपालिका वडा नं। २ लालमटिया निवासी रामबहादुर कुमालले सलह धपाउन थाल ठटाउने र धुवा पार्ने काम गरेको बताएका छन् । सलह कीरा धेरै देखियो । किराबाट मकै जोगाउन आवाज निकाल्नुपर्ने भएकाले थाल ठटाए, अनि धुवा पारे’ उनले भने । ‘सलहले वालीनालीमा धेरै असर गर्ने हो की भन्ने चिन्ताले सताउन थाल्यो ।’ कुमालले भने ।
पश्चिमबाट पूर्व तर्फ हावा लागेकाले कीरा पूर्व तर्फ गैरहेका छन् । यस अघि आएको सलह किराले दाङ जिल्लामा झण्डै ६ सय हेक्टर जमिनमा लगाएको धान, मकै र तरकारी बालिमा क्षति पु(याएको थियो । सलह मकै र धानबालीमा बसेपछि किसानहरुले थाल बजाउने,धुवा गराउने र हो हल्ला गरेर खेतबारीबाट धपाएका थिए । मकैबालीमा सलहले क्षति पुर्याएपछि किसान चिन्तित भएका छन् । सलहले गढवाको पचहियामा पनि क्षति पुर्याएको स्थानीय अनिरूद्र चौधरीले बताएका छन् ।
मा प्रकाशित