यस्तो बेला दबाब नदिनुहोस् गाडी चलाउनुहोस् : मन्त्री नेम्वाङ – Kanika Khabar
Friday, April 26Nepali News Portal

यस्तो बेला दबाब नदिनुहोस् गाडी चलाउनुहोस् : मन्त्री नेम्वाङ

    मा प्रकाशित

कनिका खबर
असार २९, दाङ ।
सरकारले छोटा दुरीका गाडी सञ्चालन गर्न आग्रह गरेपछि आफ्ना विविध माग लिएर यातायात सञ्चालन नगरेका यातायात सञ्चालकलाई सरकारले गाडी चलाउन आग्रह गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले विभिन्न माग राखेर गाडी चलाउँदैनौ भन्नु व्यवहारिक नहुने बताएका छन् । यातायात व्यवसायीसँगको भेटमा उनले भने, ‘यो आन्दोलनको बेला होइन, दबाब नदिनुस् गाडी चलाउनुस् ।’

आन्दोलनका बेलामा जस्तो विभिन्न माग राख्दै पूरा गर्न दबाब दिने र सम्झौता गर्ने बेला नभएको सरकारले स्पष्ट पारेको छ । साथै सरकारले यातायात व्यवसायीका सबै माग पूरा गर्न सकिन्छ कि सकिंदैन भन्नेतर्फ पनि विचार गर्न आग्रह गरेको छ ।

विभिन्न माग राख्दै यातायात व्यवसायीले हिजो मन्त्री नेम्बाङलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । यातायात व्यवसायीहरुले आफूहरुसँग कुनै छलफल नगरी सरकारले सार्वजनिक गाडी चलाउने निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारको सहयोग बिना गाडी चलाउन नसकिने बताएका छन् ।

व्यवसायीहरुले पुनर्कर्जा कोषमा यातायात व्यवसायीको पहुँच, बैंकको किस्ता भुक्तानीका लागि समय थप्नुपर्ने लगायतका माग राख्दै आएका छन् । सरकारले गएको बिहीबार बाहिरी जिल्लामा एक जिल्लाभित्रै र काठमाण्डौ उपत्यकाका तीन जिल्लालाई एक जिल्ला मानेर गाडी चलाउन पाइने निर्णय गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्