नेपाल एयरलाइन्सको हालसम्म ५८ उडान – Kanika Khabar
Saturday, April 27Nepali News Portal

नेपाल एयरलाइन्सको हालसम्म ५८ उडान

    मा प्रकाशित

कनिका खबर
असार २९, दाङ ।
नेपाल एयरलाइन्सले जारी लकडाउनका बिच निरन्तर उद्धार उडान गरेको छ । कम्पनीले जुन १४ देखि हिजोसम्म ५८ वटा उद्दार उडान गरेको हो । विश्वव्यापी संकटसित जुध्न राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम जोखिम मोलेर अहोरात्र जुटिरहेको कम्पनीले जनाएको छ । यस्तो अवस्थामा चीनको ग्वाङझाओ, चाङ्सा, कुनमिङ र बेइजिङबाट कार्गो चार्टर्ड उडानमार्फत् स्वास्थ्य सामग्री ढुवानी समेत गरेको छ ।
एयरलाइन्सले हालसम्म दुबई, दोहा, क्वाललम्पुर, सिड्नी, ब्रिसबेन, नारिता, बैंकक, हङकङ, बहराइन, कुबेत, रियाद, जेद्दा, माले, ढाका लगायतका ठाउँबाट ५८ वटा उद्धार उडानमार्फत् १० हजार ९ सय १२ यात्रुको उद्धार गरी स्वदेश फिर्ता गरेको जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्