आज र भोलि उडान नहुने, असार ३१ देखि पुन उडान – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आज र भोलि उडान नहुने, असार ३१ देखि पुन उडान

    मा प्रकाशित

कनिका खबर
असार २९, काठमाडौँ ।
आज र भोलि उद्दारका लागि कुनै पनि उडान नहुने भएका छन् । असार ३१ गतेदेखि पुनः उडान हुने भउका छन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पर्सिदेखि उद्धार उडान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । सीसीएमसीले साउन ६ गतेसम्म ४० बढी उडान गर्ने तालिका सार्वजनिक गरेको हो । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेले खाडी मुलुकबाट ४० बढी उडानमार्फत् नेपाली ल्याउन तालिका सार्वजनिक गरेको जानकारी दिए ।
सीसीएमसीले उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा सार्वजनिक गरेको तालिकाअनुसार युएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुवेत, कतार, बहराइन र मलेसियाबाट नेपाली नागरिकलाई उद्दार गरिनेछ ।
कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि स्वदेश ल्याउन थालिएको थियो । सीसीएमसीले नेपाल वायुसेवा निगमले १६, हिमालय एयरलायन्सले १६, एयर अरेबियाले २, फ्लाई–दुबईले २ र मलेसियाको मालिन्दो एयरले ४ वटा उडान गर्ने अनुमति दिएको छ । भाइरस सङ्क्रमण फैलिनसक्ने भन्दै सरकारले साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय र घरेलु उडान रोके पनि उद्धार उडान भने गर्दै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्