सूर्योदय निकोन फिल्म महोत्सवको शीर्ष ५० मा -भोटका लागि अपिल – Kanika Khabar
Friday, May 3Nepali News Portal

सूर्योदय निकोन फिल्म महोत्सवको शीर्ष ५० मा -भोटका लागि अपिल

    मा प्रकाशित

काठमाडौँ । केही समय अघि संसद् भवन अगाडि आत्मदाह गरेका इलामका प्रेम आचार्यको कथामा आधारित भिडियो सूर्योदय फ्रान्सको प्रतिष्ठित निकोन फिल्म महोत्सवमा अडियन्स च्वाइस अवार्डमा छनौट भएको छ । २७७२ आवेदन मध्ये सूर्योदय शीर्ष ५० मा परेको हो ।

सूर्योदय निकोन फिल्म महोत्सवमा छनौट भएर शीर्ष ५० मा परेपछि यसको समूहले भोटका लागि अपिल गरेको छ । सूर्योदय नेपालमा भएको सत्य घटनामा आधारित कथालाई नेपाल बाहिर पुराउने र आशाको सन्देश दिने उद्देश्यले महोत्सवमा दर्ता गरेको निर्देशक आन्ना डुलुसले बताएकी छन् ।

तीन साता अगाडि रिलिज भएको भिडियो करिब एक साता युटयुवको ट्रेन्डिङमा रहेको थियो । भिडियोमा जेएलसन अधिकारी प्रमुख पात्र रहेका छन् । उनीसँगै सुरभी सापकोटा, जयन्ता अधिकारी, अभिषेक ,शरद न्यौपाने लगायतको अभिनय रहेको छ । आन्ना डुलुस र उत्साह जोशीको कथा र अवधारणामा युनिक पोइटको शब्दमा बनेको भिडियोमा युनिक पोइट र प्रकृति बस्नेत भट्टराईको आवाज रहेको छ । समूहले सूर्योदयलाई धेरै भन्दा धेरै अनलाइन भोट गर्नका लागि नेपाली दर्शकलाई अनुरोध गरेको छ । www.festivalnikon.fr/en/video/2023/3047 मा गएर अनलाइन भोट गर्न सकिने निर्देशक डुलुसले जानकारी दिएकी छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्