आज पनि वर्षाको सम्भावना – Kanika Khabar
Friday, April 26Nepali News Portal

आज पनि वर्षाको सम्भावना

    मा प्रकाशित

कनिका खबर
असार २९, दाङ ।
विगत केही दिनदेखि परिरहेको अविरल वर्षा आज पनि हुने सम्भावना रहेको छ । देशका धेरैजसो स्थानमा आज पनि वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक–दुई ठाउँमा वर्षाको सम्भावना छ ।
यसैगरी राति पनि धेरैजसो स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । आज राति प्रदेश १ र २ का थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । यी ठाउँका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने, ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाका मौसमविद्हरूले अनुरोध गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्