तनहुँमा पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो – Kanika Khabar
Friday, April 26Nepali News Portal

तनहुँमा पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

    मा प्रकाशित

कनिका संवाददाता
असार २९,काठमाडौं

तनहुँको ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा पहिरोका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । ऋषिङ गाउँपालिका ८ भैसीकिलेमा अनबहादुर थापाको घर पुरिँदा उहाँका ३० वर्षका छोरा भेषबहादुर थापाको मृत्यु भएको छ । यस्तै व्यास नगरपालिका ९ कलेस्तीमा केशरवहादुर थापाको घर पुरिँदा उहाँका श्रीमती ४० वर्षका कमला थापा, छोरा २४ वर्षका मनोज थापा र छोरी २१ वर्षका अन्जना थापा, ७० वर्षका मैतीमाया घर्ती, तनहुँकै म्याग्दे गाउँपालिका वडा नम्बर ६ बेलौतीडाँडामा १७ वर्षका लक्ष्मीकुमारी विकको पनि पहिरोले पुरिएर मृत्यु भएको र शव भेटिएको तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले सीआईएनलाई बताउनुभयो । उहाँले पहिरोमा परि अन्य ६ जना बेपत्ता भएको पनि उहाँले जानकारी दिनुभयो । यसैबीच, ऋषिङ गाउँपालिकाले पहिरोबाट प्रभावित परिवारलाई एक लाख रुपैयाँ राहात दिएको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले पहिरोबाट ज्यान गुमाएका र बेपत्ता भएका अनवहादुर थापाको परिवारलाई तत्कालका लागि राहात स्वरुप एक लाख रुपैयाँ घरमै पुगेर हस्तान्तरण गर्नुभएको छ । पृथ्वी राजमार्ग अन्तर्गतको बुल्दीखोलामा पहिरो खस्दा दुई तर्फी यातायात अबरुद्ध भएको छ । पानी परिरहेको र कलेस्तीखोला, बुल्दीखोला र साँगे खोला बढेर वारीपारी गर्न समस्या भएको बरालले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्