संसदीय समितिद्वारा निर्माणाधिन धरहरा, काष्ठमाण्डप र रानीपोखरीको अवलोकन – Kanika Khabar
Friday, March 29Nepali News Portal

संसदीय समितिद्वारा निर्माणाधिन धरहरा, काष्ठमाण्डप र रानीपोखरीको अवलोकन

    मा प्रकाशित

कनिका संवाददाता
असार २९,काठमाडौं

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पुनर्निर्माण भइरहेका धरहरा, काष्ठमाण्डप र रानीपोखरीको अवलोकन गरेको छ । समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले आज ती क्षेत्रमा भइरहेको पुनर्निर्माण कार्यको जानकारी लिएको हो । अवलोकनपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सभाहलमा समिति सदस्यले प्रबलीकरण भइरहेको मुख्य प्रशासनिक भवन सिंहदरबारको पछिल्लो अवस्थाबारे जानकारी पनि लिएका छन् । समिति सभापति खड्काले विभिन्न समस्याको बाबजुद सन्तोषजनक ढंगले पुनर्निर्माण जारी रहेकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले पुनर्निर्माणमा रहेका समस्या समाधानका लागि समितिले सहयोग गर्ने बताउनुभयो । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अवलम्बन गर्दै धरहरा, रानीपोखरी, सिंहदरबार लगायतमा पुनर्निर्माणका कार्य अघि बढाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो । उहाँले संसदका समितिबाट प्राप्त सुझाव तथा निर्देशनले पुनर्निर्माणका कार्य गर्न थप सहयोग पुगेको धारणा व्यक्त गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्