युएईमा अलपत्र परेका मध्य पाँच हजार भन्दा बढी नेपाली स्वदेश फर्किए – Kanika Khabar
Monday, November 17Nepali News Portal

युएईमा अलपत्र परेका मध्य पाँच हजार भन्दा बढी नेपाली स्वदेश फर्किए

    मा प्रकाशित

कनिका संवाददाता
असार २९,काठमाडौं

कोरोना महामारीका कारण संयुक्त अबर इमिरेट्स (युएईमा) अलपत्र परको मध्य ५ हजार भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । युएईस्थित नेपाली दूतावासका अनुसार पहिलो चरणमा विभिन्न एयरलाइन्सको ३५ वटा चार्टर उडान मार्फत ५ हजार ८ सय ५९ नेपाली स्वदेश फर्किएका हुन् । कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने सरकारी नीति अनुरुप नेपाली दूतावास युएईले प्राथमिकताको आधारमा नेपालीहरुलाई स्वदेश फर्काउने कार्यलाई तीव्रता दिइरहेको हो । गत जुन १९ देखि जुलाई १२ सम्म नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, इतिहाद एयरवेज, एयर अरेविया र फ्लाइ दुबईको चार्टर उडान मार्फत युएईको तीन शहर शारहजा, अबुधावी र दुबईबाट उनिहरुलाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ । सरकारले निर्धारण गरेको प्राथमिकताको आधारमा पोहिलो चरणमा गर्भवती महिला,कोभिड बाहेक अन्य दीर्घ रोगी,नेपालमा आफन्त गुमाएका,लामो समयदेखि रोजगार गुमाएका, बेतलबी र भिजिट भिसामा अलपत्र परेका नेपालीहरु हुन् । यसैगरी गएको चार महिनामा युएईमा विभिन्न कारणले ८९ जना नेपालीको मृत्यु भएको नेपाली दूतावास आबुधावीले जनाएको छ । मार्च महिनाको अन्तिम सातादेखि जुलाई पहिलो सातासम्म (लकडाउन अवधिभर) युएईमा ८९ जना नेपालीको मृत्यु भएको हो । ती मध्ये २९ जनाको कोरोनाका कारण र ६० जनाको अन्य विविध कारणले मृत्यु भएको बताइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्