भारतबाट दाङ हुँदै प्रवेश गरेकोे सलहको नयाँ झुण्ड प्युठानमा पनि – Kanika Khabar
Saturday, April 20Nepali News Portal

भारतबाट दाङ हुँदै प्रवेश गरेकोे सलहको नयाँ झुण्ड प्युठानमा पनि

    मा प्रकाशित

कनिका संवाददाता
असार २९,काठमाडौं

भारतबाट दाङ हुँदै प्रवेश गरेकोे सलहको नयाँ झुण्ड आज प्युठान जिल्लाका विभिन्न स्थानमा पुगेको छ । हिजो दिउँसो दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा भारतबाट प्रबेश गरेको नयाँ सहलको झुण्ड अहिले प्यूठानका विभिन्न ठाउँमा पुगेको प्रदेश कृषि निर्देशानलयले जनाएको हो । हिजो प्रवेश गरेको सलह आज बिहानै प्युठानका अधिकांश ठाउँका पुगेको निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले सीआइएनलाई जानकारी दिनुुभयो । सलह फरक, फरक झुण्ड बनाउँदै हिँडेकोले कति समय बस्ने एकिन गर्न नसकिएको उहाँले बताउनुुभयो । प्युठान पुगेको सलह रोल्पा र अर्घाखाँची तिर पनि जाने सम्भावना रहेको छ । अहिले आएको सहलले किसानले लगाएको मकैबालीमा क्षति पु¥याएको छ । प्युठानका किसानले सहल धपाउन भाडा ठटाउने, धुँवा लगाउने काम गरिरहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्