सुर्खेतका उद्योगी व्यवसायी पसल बन्द गरेर आन्दोलित – Kanika Khabar
Wednesday, December 10Nepali News Portal

सुर्खेतका उद्योगी व्यवसायी पसल बन्द गरेर आन्दोलित

    मा प्रकाशित

कनिका संवाददाता
असार २९, सुर्खेत
कोरोना महामारीको विषम परिस्थितिमा पनि बैंकले ब्याज बुझाउन ताकेता गरेको भन्दै सुर्खेतका व्यवसायी आन्दोलित भएका छन् । यवसायीले बैंकिङ्ग कारोबार समेत बहिस्कार गरेका छन् । पसल बन्द गरेर आन्दोलनमा उत्रिएका व्यवसायीले सुर्खेत स्थित बैंकमा बैंकिङ कारोबार बहिष्कार गरिएको ब्यानर समेत टाँसेका छन् । संयुक्त संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएका व्यवसायीले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर २७ बुँदे मागपत्र र साङ्केतिक साँचो पनि बुझाएका छन् । बन्दाबन्दी खुलेको एक हप्तामै बैंकको ब्याज तिर्न नसक्ने भएकाले आन्दोलनमा गर्न बाध्य भएको सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिनुभयो । सरकारले व्यवसायीलाई राहत उपलब्ध गराउनुको सट्टा कर तथा ब्याज उठाउन बन्दाबन्दी खोलेको उनिहरुले आरोप लगाएका छन् । सरकारले राहत उपलब्ध नगराए थप चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने व्यवसायीले चेतावनी दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्