कनिका संवाददाता
असार २९, सुर्खेत
कोरोना महामारीको विषम परिस्थितिमा पनि बैंकले ब्याज बुझाउन ताकेता गरेको भन्दै सुर्खेतका व्यवसायी आन्दोलित भएका छन् । यवसायीले बैंकिङ्ग कारोबार समेत बहिस्कार गरेका छन् । पसल बन्द गरेर आन्दोलनमा उत्रिएका व्यवसायीले सुर्खेत स्थित बैंकमा बैंकिङ कारोबार बहिष्कार गरिएको ब्यानर समेत टाँसेका छन् । संयुक्त संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएका व्यवसायीले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर २७ बुँदे मागपत्र र साङ्केतिक साँचो पनि बुझाएका छन् । बन्दाबन्दी खुलेको एक हप्तामै बैंकको ब्याज तिर्न नसक्ने भएकाले आन्दोलनमा गर्न बाध्य भएको सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिनुभयो । सरकारले व्यवसायीलाई राहत उपलब्ध गराउनुको सट्टा कर तथा ब्याज उठाउन बन्दाबन्दी खोलेको उनिहरुले आरोप लगाएका छन् । सरकारले राहत उपलब्ध नगराए थप चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने व्यवसायीले चेतावनी दिएका छन् ।
मा प्रकाशित