लमही आँखा अस्पतालमा फन्डस क्यामरा जडान – Kanika Khabar
Sunday, March 15Nepali News Portal

लमही आँखा अस्पतालमा फन्डस क्यामरा जडान

    मा प्रकाशित

सरद सागर देबकोटा
असार २९, दाङ ।

लमही आँखा अस्पतालमा आँखाको एक्सरेका लागि फन्डस क्यामरा जडान गरिएको छ । प्रदेश ५ सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा निर्देशनालयबाट प्राप्त ३० लाख रुपैयाको लागतमा फन्डस क्यामरा जडान गरिएको हो । उक्त क्यामराबाट अब आँखामा भएका समस्याहरु जस्तै आँसु नली , आँखामा रगत जमे नजमेको , आँसुको मात्रा , आँखाको पर्दाको अवस्था आँखाका कुन नसा कस्तो छ भनी हेर्न सकिने र सोही अनुसार क परामर्श गरी आँखाका बिरामीलाई समयमै उपचार गर्न र आँखा स्वास्थ्य समस्या पहिचान गरी उपचार गर्न सजिलो हुने लमही आँखा अस्पतालका प्रमुख डाक्टर निता सोनामले जानकारी दिए ।
नेपाल नेत्रज्योति संघ दाङ शाखाका सचिव तथा क्यामरा खरिद व्यवस्थापन समितिका सयोजक सुरेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न समाजिक परीक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले आँखा सेवाको प्रभावकारिता कै कारण देउखुरी लगायत दाङ र छिमेकी जिल्लाहरुबाट पनि आँखाका बिरामी उपचारको लागि देउखुरी आउनु सुखद विषय भएको बताए । उनले लमहीको आँखा अस्पताल लमहीको मात्र नभई सम्पूर्ण दाङबासीको गर्व र गौरवको विषय भएकोले यसको संरक्षण र विकासका लागि आफूले सक्दो सहयाृेग गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रमका विशिष्ट अतिथि लमही नगरपालिकाका उपप्रमुख देवका बेलबासेले आँखा उपचार सेवाको लागि जोडिएको प्रविधियुक्त क्यामराले आँखा स्वास्थ्यका बिरामीलाई समयमै सजग रहन मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्ण गिरीले पनि आफ्नो विचार राखेका थिए । अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शमसेर थापाको स्वागत तथा विषय प्रबेशबाट शुरु भएको कार्यक्रममा वरिष्ठ प्रशासकीय अधिकृत थापाले क्यामरा खरिद प्रक्रियाको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाहले गरेकी थिइन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्