महबाट मनग्य आम्दानी लिन सफल कृषक – Kanika Khabar
Sunday, March 15Nepali News Portal

महबाट मनग्य आम्दानी लिन सफल कृषक

    मा प्रकाशित

सरद सागर देबकोटा
असार २९, लमही ।

देउखुरी लमही नगरपालीका वडा नम्बर ७ बनगैका एक माहुरी पालक किसानले माहुरीको महबाट मनग्य आम्दानी लिन सफल भएका छन् । वर्षमा ६० देखि ७० हजार रुपैयाको मह बिव्रmी गर्ने गरेको शेर बहादुर बुढाले बताए । सुरुमा राष्ट्रिय चुरे संरक्षण कार्यक्रम अन्तरगत जिल्ला कृषि विकास कार्यालयबाट ९३ प्रतिशत अनुदानमा ५ घार माहुरी ल्याई माहुरी पालन सुरु गरेका बुढाको अहिले २९ घार माहुरी बनाएका छन । अरु पशु पन्छी पालन र कृषि कार्यभन्दा धेरै मेहनत पनि गर्न नपर्ने भएका कारण सजिलैसँग राम्रो आम्दानी हुने भएको हँुदा यो व्यबसाय अङ्गालेको बुढाले बताए । उसो त बुढाले बाख्रा पालन र खेतबारीमा बालीनाली लगाउने गरेको बताए तर बाख्रा पालन र खेतबारीमा गरेको मेहनतको तुलनामा माहुरी पालनमा त्यति धेरै मेहनत गर्न नपर्ने र सजिलै आम्दानी हुने गरेको बताए ।
तोरीको फुल फुल्ने सिजनमा भन्दा अरु सिजनमा माहुरी पाल्न अलि गाह्रो भए पनि गाउँ घरमा आफू एक्लैले माहुरी पालन गरेको हँुदा घर वरिपरिमा रुख बिरुवाका फूलहरुले पनि मद्दत गरेको बुढाले बताए । बाख्रा पालन र खेतपातीबाट भन्दा धेरै र सजिलै माहुरी पालनबाट आम्दानी हुने गरेको बुढाको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्