आदिकवि आचार्यको जन्मजयन्तीको अवसरमा पत्रिका लोकार्पण – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आदिकवि आचार्यको जन्मजयन्तीको अवसरमा पत्रिका लोकार्पण

    मा प्रकाशित

कनिका खबर
असार २९, दाङ ।

आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्म जयन्तीको अवसरमा २ वटा साहित्यक पत्रिका लोकार्पण गरिएको छ । वीर भक्ति थापा स्मृति प्रतिष्ठान रातोडाँडा लमहीको हलमा सम्पन्न कार्यक्रममा भानुको जीवनी बारे साहित्यकार गंगानाथ कोइरालाले चर्चा गरेका थिए भने संस्करण चौमासिकको समिक्षा उदयराज आले र लावा डगरको चर्चा प्रधान संम्पादक छविलाल कोपिलाले गरेका थिए ।

भक्ति थापा स्मृति प्रतिष्ठानद्वारा प्रकाशित संस्करण दोस्रो अंक र थारू भाषा तथा साहित्य संरक्षण मञ्चद्वारा प्रकाशित लावा डगर ४१ अंकको समिक्षा गर्नेहरूमा जागेश्वर शर्मा घिमिरे, दामोदर पाण्डे, शशिधर ज्ञवाली, कृष्णराज खनाल, बामदेव पौडेल, गणेश गिरी, पदम अधिकारी, गंगा अधिकारी र लावा अग्रासनका सम्पादक सन्तोष दहित लगायतले गरेका थिए । संस्करणका प्रधान सम्पादक निमबहादुर थापाको अध्यक्षतामा कार्यक्रम भएको थियोे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्