सुन्दर यातायात आजदेखि सञ्चालन – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

सुन्दर यातायात आजदेखि सञ्चालन

    मा प्रकाशित

कनिका खबर
असार ३०, काठमाडौँ ।
सरकारले छोटो दुरीका यातायात सञ्चालन गर्न निर्देशन दिए पनि सार्वजनिक यातायात अझै सञ्चालनमा आएका छैनन् । यद्यपि केही यातायातहरु सञ्चालन हुन थालेका छन् । यसैबिच सुन्दर यातायातले आजदेखि काठमाडौँ उपत्यकामा आफ्ना सवारीसाधन सञ्चालन गर्ने भएको छ ।

नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको प्रालिले सरकारले थप ५० प्रतिशत भाडा लिन पाउने निर्णय गरे पनि सुन्दर यातायातले पुरानै भाडामा सेवा दिन लागेको जनाएको छ ।
मयूर, उपत्यका यातायातलगायतका केही कम्पनीले भने सोमबारदेखि नै बस सञ्चालन थालिसकेका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्