अन्तर विद्यालय छात्रा फुटसलको उपाधि मावि सेन्टरलाई – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

अन्तर विद्यालय छात्रा फुटसलको उपाधि मावि सेन्टरलाई

    मा प्रकाशित

लक्ष्मण बस्नेत
तुलसीपुर,फागुन २८ ।
दाङ जिल्ला अन्तर विद्यालय स्तरिय छात्रा फुटसल प्रतियोगिता २०८० को उपाधि मावितुलसीपुर सेन्टरले जितेको छ ।

दाङ जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगिताको आज सम्पन्न फाईनल खेलमा साधना पाठशाला तुलसीपुर ९ बेलुवालाई शुन्यका विरुद्ध चार गोलले पराजित गर्दै मावि तुलसीपुर सेन्टरले उपाधि जितेको हो ।

उपाधिसँगै उसले नगद ३० हजार,कप,मेडल, प्रमाणपत्र हात पार्‍यो । फाईनलमा हार ब्यहोरेको साधना पाठशाला उपबिजेतामा सिमित रहदै नगद १५ हजार,कप,मेडल प्रमाणपत्र प्राप्त गरेको छ।

विद्यालय स्तरबाट फुटबल खेलको बिकास र बिस्तार गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका सामुदायिक तथा संस्थागत गरी ८ विद्यालयको सहभागिता रहेको थियो ।

दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीको प्रमुख आतिथ्यमा भएको प्रतियोगिता समापन समारोहमा बिजेता माबी तुलसीपुर सेन्टर, उपबिजेता साधना पाठशाला, अनुशासित टिम सप्तरङ्गी बोर्डिङ स्कुल,तथा उत्कृष्ट खेलाडी मावि तुलसीपुर सेन्टरकी आयुषा गिरी, सर्वाधिक गोलकर्ता मावि सेन्टरकै कमला वलि र उत्कृष्ट गोल रक्षक साधना पाठशालाकी तुलसा रोका मगरलाई पुरस्कार, ट्रफी प्रमाणपत्र प्रदान गरिएको थियो ।

तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी मोहन सुनारको स्वागत रहेको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरी,मावि तुलसीपुर सेन्टरका प्रधानाध्यापक भागवत पौडेल, राप्ती बाल एकेडेमी तुलसीपुरका प्रिन्सिपल ठाकुर प्रसाद डाँगी लगायतले बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन संघका महासचिव लक्ष्मण बस्नेतले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्