कालिकोटका कोरोना अस्पताल खाली – Kanika Khabar
Wednesday, March 11Nepali News Portal

कालिकोटका कोरोना अस्पताल खाली

    मा प्रकाशित

कनिका संवाददाता
असार ३०, कालिकोट
कोरोना भाइरसका कारण संक्रमित भएर कोरोना अस्पताल कालिकोटमा उपचाररत सबैजना निको भएर घर फर्किएका छन् । कालिकोट र अन्य जिल्लाका गरी ४८ जनामा कोरोना देखिएको थियो । ४८ मध्येका ३८ जनाले कोरोना जितेर घर गएको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटक वहादुर महतले ४८ मध्ये ३८ जनाको दोस्रो र तेस्रो पटकको स्वाब परिक्षण नेगेटिभ आएपछि उनिहरुलाई घर पठाइएको बताउनुभयो । उहाँका अनुसार २१ दिन थप होम क्वारेन्टाईनमा बस्ने सल्लाह दिएर घर पठाएको हो । उपचारमा संलग्न स्वास्थ्यकर्मीको रिर्पोट पनि नेगेटिभ आएपछि उनीहरु समेत घर गएका छन् । अहिले कोरोना अस्पताल खाली छ ।

कोरोना पोजेटिभ भएका ब्यक्तिमा कुनै पनि लक्षण नदेखिएकाले सम्बन्धित ठाउँमा नै स्वास्थ्यक्रर्मीको निगरानीमा राखिएको सूचना अधिकारीले कटक बहादुर महतले जानकारि दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्