गुडिरहेको मोटरसाइकलमाथि रुखको हाँगा खस्दा चालकको मृत्यु – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

गुडिरहेको मोटरसाइकलमाथि रुखको हाँगा खस्दा चालकको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असार ३०, दाङ ।
मोटरसाईकल चलाउने क्रममा अचानक रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु भएको छ ।
लहलौराबाट तुलसीपुर आउने क्रममा मोटरसाइकल चलाइरहेको बेला अचानक रुखको हाँगा भाँचिएर मोटरसाइकल चालक २३ वर्षीय तुलसी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिव बहादुर सिहले जानकारी दिए ।

लहलौराबाट तुलसीपुर तर्फ जाँदै गरेको रा २ प ८८० नम्बरको मोटरसाईकल चालक चौधरीको टाउकोमा बिहान पौने ८ बजे एक्कासी रुखको हाँगा भाँच्चिएर लागेको थियो ।

सडकमा गुडिरहेको मोटरसाईकलमाथि रुखको हाँगा भाँच्चिएर लाग्दा घाईते भएका चौधरीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्