गुरुकुलका विद्यार्थीले बनाएको जिपको मोडेल डा. महावीर पुनद्वारा उद्घाटन – Kanika Khabar
Sunday, May 19Nepali News Portal

गुरुकुलका विद्यार्थीले बनाएको जिपको मोडेल डा. महावीर पुनद्वारा उद्घाटन

    मा प्रकाशित

घोराही, २९ फागुन ।
गुरुकुल एकेडेमीका विद्यार्थीहरुले बनाएको जिपको मोडल वैज्ञानिक तथा डा.महावीर पुनले उद्धघाटन गर्नुभएको छ । कृषि औजार कारखाना खोल्ने अभियानका साथ पुस्तक बिक्री गरी आर्थिक सङ्कलन अभियानमा देश दौडाहामा रहनुभएको बैज्ञानिक तथा डा. महावीर पुन उद्धघाटन गर्नुभएको हो । सोहि शिलसिलामा घोराहीमा रहेको बेला एक औपचारिक कार्यक्रमको आयोजना गरी गुरुकुल एकेडमी घोराहीको प्राङगनमा उद्धघाटन गर्नुभएको हो ।

गुरुकुल एकेडेमी घोराहीका अतिरिक्त क्रियाकलाप संयोजक तथा शिक्षक विशालमान श्रेष्ठको नेतृत्वमा तथा ५ जना विद्यार्थिहरु दिपेश वली, सफल भण्डारी, एलन बिके , आरोहन श्रेष्ठ र संयोल बस्नेतले उक्त जिप मोडेलको गाडि निर्माण गर्नुभएको हो ।

यो गाडी करिब १ लाख १० हजारको लागतमा निर्माण भएको संयोजक श्रेष्ठले जानकाकरी दिनुभयो ।

यसरी काम गर्दा एकातिर काम बन्ने र अर्कोतिर काम गर्दै जादा सिक्ने अवशर पाउने पनि उँहाले बताउनुभयो । हिरो कम्पनिको १५० सिसीको मोटरसाइकलको इन्जिन प्रयोग गरी बनाइएको उक्त गाडीमा त्यतिकै खेर जाने सामानलाई पनि सदुपयोग गरिएको छ ।

गुरुकुल एकेडेमीको रेक्टा बिधिको शिक्षण कृयाकलाप अन्तर्गत पनि पर्ने भएको हुनाले यो जिप मोडलको गाडि निर्माण गरीएको हो । गाडीको उद्धघाटन डा. पुनलाई सवारी गराएर गरिएको हो । २०७६ सालमा प्रदेश स्तरीय ग्य्रान्ड विज्ञान फेस्टिवल नेपागञ्जमा विद्युतीय चार पाङ्ग्रे गाडी बनाएर गुरुकुल एकेडेमी प्रथम भएको थियो तसर्थ अहिले विद्यार्थिहरुलाई इन्धनवाला गाडी बनाउन मोटिभेसनल स्वरुप यो गाडिको निर्माण गरीएको हो ।आफूसँगै भएको विभिन्न खेर जाने सामानबाट पनि यस्ता नमुनायुक्त गाडीको निर्माण गर्न सकिने र प्रयोगात्मक सिप पनि सिकाई हुने बताउनुभयो ।

यो गाडी निर्माण सम्पन्न गर्नको लागि विद्यालयका शिक्षक ई.सन्तोष कसौधन ,विज्ञान शिक्षक भवन आचार्य , कर्मचारी शंकर चौधरीले पनि सहयोग गर्नुभएको छ । साथै डा. पुनको अभियानमा साथ दिने उद्धेश्यले गुरुकुल एकेडेमीले उहाँको ४० प्रति पुस्तक समेत खरिद गरेको छ ।

गुरुकुल तुलसीपुरले २० र घोराहीले २० प्रति पुस्तक खरिद गरेको छ भने गुरुकुल एकेडेमी लमहिले पनि खरिद गर्ने कार्यक्रम रहेको विद्यालयका शिक्षक विवेक देवकोटाले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्