गाेरखा आइडियलका प्रिन्सिपल पुनलाई उत्कृष्ट प्रिन्सिपल सम्मान – Kanika Khabar
Sunday, May 19Nepali News Portal

गाेरखा आइडियलका प्रिन्सिपल पुनलाई उत्कृष्ट प्रिन्सिपल सम्मान

    मा प्रकाशित

दाङ, २९ फागुन ।

गोरखा आइडियल स्कुल लालमटियाका प्रिन्सिपल बसन्त पुन उत्कृष्ट प्रिन्सिपल सम्मानबाट सम्मानित भएका छन् । राप्ती गाउँपालिकाले आठौं स्थापना दिवसका अवसरमा पालिकाभित्रका विद्यालयका प्रिन्सिपलहरूमा उत्कृष्ट प्रिन्सिपल सम्मान प्रदान गरेकाे हाे ।

राप्तीवासीको महान लक्ष्य अन्तर्गत राप्ती गाउँपालिकाको शिक्षाको गुणस्तर सुधार र विकासका निम्ति नतिजा समन्वय र सहकार्यका निम्ति महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे भन्दै उत्कृष्ट प्रिन्सिपल सम्मान प्रदान गरिएकाे पालिकाले बताएकाे छ ।

पुनलाई लुम्बिनी प्रदेशका सभामुख तथा कार्यक्रमका प्रमुख अतिथि तुलाराम घर्ती मगरले सम्मान पत्र प्रदान गरेका थिए । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्