राजनीतिक हस्तीहरूले शिक्षा क्षेत्रलाई बुझ्न आवश्यक छ : उपकुलपति प्रा.डा. थापा – Kanika Khabar
Sunday, May 19Nepali News Portal

राजनीतिक हस्तीहरूले शिक्षा क्षेत्रलाई बुझ्न आवश्यक छ : उपकुलपति प्रा.डा. थापा

    मा प्रकाशित

धुलिखेल, २ चैत ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) काे १५ ओैँ राष्ट्रिय साधारणसभामा बाेल्दै काठमाडौं विश्विवद्यालयका उपकुलपति प्रा.डा भाेला थापाले राजनीतिक हस्तीहरूले शिक्षा क्षेत्रलाई बुझ्न आवश्यक रहेकाे बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उपकुलपति प्रा.डा. थापाले सरकार तथा राजनीतिक हस्तीहरूले शिक्षा क्षेत्रलाई बुझ्नका साथै समान दृष्टिले हेर्नुपर्नेमा जाेड दिएका हुन् ।

`शिक्षा क्षेत्र दक्ष जनशक्ति उत्पादनका केन्द्रविन्दु बन्न सक्नुपर्छ । यसका लागि राजनीतिक हस्तीले संस्थागत र सामुदायिक विद्यालयका बिच विभेद सिर्जना गर्न हुँदैन।´ उनले निजी विद्यालयकाे महत्त्व दर्शाउँदै भने, `आज नेपालमा संस्थागत विद्यालय हुनुहुँदैन भनेर कुनै कुनामा बहस भइरहँदा भारतमा सरकारले निजी विद्यालय सञ्चालन गर्नेलाई भूमि उपलब्ध गराउने घाेषणा गरिरहेकाे छ ।´

निजी विद्यालयलाई हताेत्साहित नगरी प्राेत्साहन गर्न राज्यले कन्जुस्याइँ गर्न नहुने उपकुलपति थापाले बताए । अबकाे शिक्षा हरेक क्षेत्रकाे नेतृत्व उत्पादन गर्नमा केन्द्रित रहन आवश्यक रहेकाे उपकुलपति थापाले जाेड दिएका छन् । शैक्षिक उन्नयनका लागि एकता र प्रतिवद्धता जरुरी रहेकाे उपकुलपति थापाले बताए ।

प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाकाे अध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।
उपाध्यक्ष टिआर ढकालकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण महासचिव आरबी कटवालले गरेका थिए ।

काभ्रेकाे धुलिखेलमा सञ्चालित कार्यक्रम भाेलि चैत ३ गतेसम्म सञ्चालन हुने छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्