स्वीकृति नलिएरै कोरोना भाइरस परीक्षण गरेको विषयमा अनुसन्धान हुने – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

स्वीकृति नलिएरै कोरोना भाइरस परीक्षण गरेको विषयमा अनुसन्धान हुने

    मा प्रकाशित

कनिका संवाददाता
असार ३०, काठमाडौं

उपत्यकाका ग्राण्डी, ह्याम्स अस्पताल र जोरपाटीको अत्तर खेलस्थित नेपाल मेडिकल कलेजले स्वीकृति नलिएरै कोरोना भाइरस कोभिड १९ को परीक्षण गरेको विषयमा अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन गर्ने भएको छ । मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको संयोजकत्वमा असार २८ गते ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । मन्त्रालयले यी तीन अस्पतालले सरकारी निर्देशिका विपरीत स्वाब संकलन गरी परीक्षणका लागि सरकारी प्रयोगशालामा पठाउने र सेवाग्राहीसँग मनपरी शुल्क उठाएको गुनासो आएपछि छानबिन गर्न लागेको जनाएको छ । मन्त्रालयबाट स्वीकृत नलिई यी अस्पतालहरुले कोभिड १९ को परीक्षण गरिरहेको भन्नेबारे छानबिन गरी २ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । समितिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्याथोलोजिस्ट डा शंकर काफ्ले र स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत रवीकान्त मिश्र सदस्य छन् । स्वास्थ्य मन्त्रालयले उपत्याको वीर, पाटन र शिक्षण अस्पताललाई शुल्क लिएर परीक्षण गर्न अनुमति दिएको थियो । सरकारबाट अनुमति पाएका यी अस्पतालले ५ हजार ५ सय मात्र शुल्क लिन पाउनेछन् । छानबिन गर्न लागिएका अस्पतालले भने ५ हजारभन्दा बढी शुल्क उठाएको आरोप छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्