मेट्रो कलेजले मर्मत सेन्टर खोल्दै – Kanika Khabar
Sunday, May 19Nepali News Portal

मेट्रो कलेजले मर्मत सेन्टर खोल्दै

    मा प्रकाशित

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले इन्जिनियरिङ्गका विद्यार्थीहरुलाई पढ्दै कमाउँदै कार्यक्रममा समावेश गर्नका लागि विभिन्न उपकरण मर्मत गर्ने सेन्टर खोल्ने भएको छ । कलेजका प्रमुख वसन्त आचार्यले विद्युत, फ्रिज, एसी, मोटर, टेलिभिजन, पंखा लगायतका उपकरण विद्यार्थीहरुबाटै मर्मत गर्ने गरी मर्मत सेन्टर सञ्चालन गर्न लागेको बताए । ‘विद्यार्थीले सिकेको सीपलाई आयआर्जनसँग जोड्नका लागि हामीले यस्तो सेन्टर स्थापना गरेका हौँ’ कलेज प्रमुख आचार्यले बताए ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले मर्मत सेन्टर खोल्नकालागि उपमहानगरपालिकाले सहयोग गर्ने समेत बताए । ‘हामीकहाँ ठूलो संख्यामा प्राविधिक कार्यक्रम अध्ययन गर्ने जनशक्ति रहेको छ । त्यसैलाई प्रयोग गरेर हामीले मर्मत सेन्टर खोल्न लागेका हौँ’ नगरप्रमुख खड्काले भने । यसबाट स्थानीय जनताहरु समेत लाभान्वित हुने नगरप्रमुख खड्काको भनाई छ ।
कलेजले मर्मत सेन्टर सञ्चालनका लागि विद्यार्थीहरुलाई तालिम समेत प्रदान गर्न लागेको पनि कलेज प्रमुख आचार्यले भने । ‘हामीले दक्ष प्राविधिकहरुबाट फ्रिज, एसी, पंखा, मोटर लगायतको मर्मत सम्बन्धि तालिम पनि सञ्चालन गरिरहेका छौ’ कलेज प्रमुख आचार्यले भने ।
तालिम पश्चात वर्कशप सञ्चालनका लागि विद्यार्थीहरुलाई सहभागी गराइने कार्यक्रम संयोजक अपिल आचार्यले जानकारी दिए । संयोजक आचार्यले विद्यार्थीहरुले न्युनतम शुल्कमा मर्मत गर्ने समेत बताए । विद्यार्थीहरुको तालिम समापन सँगै मर्मत सेन्टर खोलिने छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को साझेदारीमा सञ्चालित कलेजले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विभिन्न परियोजनाहरु सञ्चालन गरिरहेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्