देश बचाउनका लागि विद्यालय : पुरी – Kanika Khabar
Sunday, May 19Nepali News Portal

देश बचाउनका लागि विद्यालय : पुरी

    मा प्रकाशित

धुलिखेल, २ चैत ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन )का प्रमख सल्लाहकार टीकाराम पुरीले मुलुक बचाउनका लागि विद्यालय आवश्यक रहेकाे बताएका छन् । प्याब्सनकाे १५ ओैँ राष्ट्रिय साधारणसभामा बाेल्दै प्रमुख सल्लाहकार पुरीले मुलुककाे सुनिश्चित संरक्षणका लागि विद्यालयकाे संरक्षण गर्नु आवश्यक रहेकाे बताएका हुन् ।

कुनै पनि मुलुककाे सबैभन्दा बलियाे क्षेत्र शिक्षा क्षेत्र रहेका कारण मुलुककाे उन्नयनका लागि शिक्षा क्षेत्रकाे भूमिका महत्त्वपूर्ण रहेकाे उनले बतााए । `नेपालकाे शिक्षालाई कमजाेर बनाउन कतै षड्यन्त्र त भइरहेकाे छैन ? ´ पुरीले आशङ्का गर्दै थपे, `
राष्ट्रिय परीक्षा बाेर्डले लिने परीक्षाकाे नतिजामा एनजीकाे ग्राफ अग्लाे हुनुले नेपालकाे विद्यालय शिक्षामाथिकाे आक्रमण हाे । यस्ता राष्ट्रिय नीति तथा कार्यक्रमप्रति खबरदारी गर्न जरूरी छ ।´ विद्यालय शिक्षा समाप्त गर्नका लागि कतै न कतैबाट षड्यन्त्र भइरहेकाे पुरीले दावी गरे ।

नेपालकाे शिक्षा प्रणालीमा जनसङ्ख्या बृद्धिदर पनि चुनाैति बन्दै गएकाे पुरीले बताए । जनसङ्ख्या बृद्धिदर यही अनुपातमा रहे विद्यालय सङ्ख्या बढी हुनेमा कुनै शङ्का नभएकाे पुरीले बताए । भारी जनसङ्ख्या उच्च शिक्षाका लागि विदेश पलायन हुनुले पनि थप चुनाैती थपिदै गएकाे बताउँदै पुरीले उच्च शिक्षालाई बलियाे बनाउन लागिपर्नु पर्ने बताए ।
निजी शैक्षिक क्षेत्रलाई बलियाे बनाउनका लागि समयकाे आवश्यकता अनुसार निजी शैक्षिक संस्थाका छाता सङ्गठन प्याब्सन, एनप्याब्सन तथा हिसान मर्ज हुन सक्ने पनि उनले सङ्केत गरे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्