धादिङ अस्पतालमा गर्भवतीको शल्यक्रिया सुरु – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

धादिङ अस्पतालमा गर्भवतीको शल्यक्रिया सुरु

    मा प्रकाशित

कनिका खबर
असार ३०, धादिङ ।
विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड १९) का कारण देशभरका जनजीवन कष्टपूर्ण बनिरहेको समयमा धादिङ अस्पतालले जोखिम मोलेर ४ जना सुत्केरीको शल्यक्रिया गर्न सफल भएको छ ।

प्रसव पीडामा सुत्केरी गराउन आएकी धादिङ ज्वालामुखी गाउँपालिका ६ की २८ वर्षीय महिला, ज्वालामुखी १ की २० वर्षीय महिला, नीलकण्ठ नगरपालिका ८ की २२ बर्षीय महिला र आरुघाट २ गोरखाकी ३१ वर्षीय महिला गरी ४ जना गर्भवती महिलाको सफल सल्यक्र्रिया गरेको धादिङ अस्पतालका सूचना अधिकारी बिक्रम विकले जानकारी दिए ।
सुत्केरी महिलाहरुको जटिल अबस्था आएपछि आमा र बच्चाको ज्यान जोखिम मोलेर शल्यक्र्रिया गरिएको थियो ।

हाल सुत्केरी महिला र शिशुको अवस्था सामान्य रहेको विकले बताए । डा. रन्जन सिंह राठोरको नेतृत्व र डा. रामचन्द्र रिजाल, लेख बहादुर श्रेष्ठ ,मनकुमारी श्रेष्ठ, श्याम गोम्जा, मेरी तामाङ, लगायतको सहभागितामा शल्यक्रिया गरिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्