भारतमा कोरोना सङ्क्रमित हुनेको संख्या ९ लाख नाघ्यो – Kanika Khabar
Friday, December 5Nepali News Portal

भारतमा कोरोना सङ्क्रमित हुनेको संख्या ९ लाख नाघ्यो

    मा प्रकाशित

कनिका खबर
असार ३०, दाङ ।
भारतमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या ९ लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २८ हजार ४ सय ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै भारतमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या ९ लाख ७ हजार नाघेकोे छ ।
कोरोना सङ्क्रमणका कारण विश्वकै तेस्रो प्रभावित मुलुक बनेको भारतमा पछिल्लो २४ घन्टामा ५ सय ५३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २३ हजार ७ सय नाघेको छ । भारतमा हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ५ लाख ७१ हजारभन्दा बढी मानिसहरु स्वस्थ भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्