दाङको गढवामा गाई काटेर खाएको भन्दै ३ जना प्रहरी नियन्त्रणमा – Kanika Khabar
Friday, March 29Nepali News Portal

दाङको गढवामा गाई काटेर खाएको भन्दै ३ जना प्रहरी नियन्त्रणमा

    मा प्रकाशित

ओमप्रकाश गुप्ता
गढवा ३० असार ।
देउखुरीको गढवा स्थित रामपुर गाउँमा गाई काटेर खाएको गाइगुँइ हल्ला फिजियो । हल्लाले ब्यापकरुप लिन थालेपछि बालापु र बालाखुटीबाट स्थानीयहरु मंगलबार बिहान त्यसतर्फ गए । गढवा(६ रामपुरका प्रधान भनिने बिराहिम गुजरले आफ्नो गोठबाट ६ दिन पहिले बाच्छी हराएको बताए । यो सुनेपछि स्थानीयहरुको एक हुलले मंगलबार बिहानै देखि रामपुर गाउँको दक्षिणतर्फ रहेको कक्रहवा खोलामा छापा मार्न थाले । खोलामा खाडल खनेर पुरेको आशंकामा स्थानीयले इलाका प्रहरी कार्यालयमा खबर गरे । प्रहरी प्रमुख भरतसिंह राठौर सहितको प्रहरीको टोलीले शंकास्पद स्थानमा उत्खनन् गर्यो । सो क्रममा बोरामा हालेर गाडिएको अबस्थामा गाइको खुट्टा, खुर, छाला र पुच्छर फेला पर्यो ।
गढवाको रामपुर गाउँदेखि दक्षिणतर्फ कक्रहवा खोलामा गाईको बाच्छी काटेको र त्यसको खुट्टा, छाला र पुच्छर बोरामा हाली खाडल खनेर पुरिएको पाइएको हो । गढवा(६ रामपुर बस्ने प्रधान भनिने बिराहिम गुजरको गाईको बाच्छी ६ दिन पहिले गोठबाट हराएको गुजरले बताएका छन् । स्थानीयहरुलाई गुजरले गाईको बाच्छी गोठबाट हराएको बताएपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन । इलाका प्रहरी कार्यालय गढवाका प्रमुख भरतसिंह राठौर सहितको प्रहरीको टोलीले अनुसान्धान गर्दा कक्रहवा खोलामा गाइको खुट्टा, छाला र पुच्छर खाडलमा पुरेको अबस्थामा फेला पारेको हो । घटना स्थलमा पुगि प्रहरीले शंकास्पद खडल उत्खनन् गर्दा खुट्टा, छाला, खुर र पुच्छर भेटिएको बताएको छ । यस्तो घटना यहाँ पटक–पटक हुने गरेकोले निन्दनिय भएको भन्दै प्रहरीले चाँसो दिनुपर्ने र अनुसन्धानको दायरा फराकिलो बनाउन जरुरी रहेको स्थानीय समाजसेवी मन्सराम यादवले बताए ।
प्रहरीले घटना स्थलमा फेला पारेको सामाग्री सहित मुचुल्का तयार पारेको र तीन जनालाई अनुसन्धानका लागि ल्याइएको बताएको छ । अनुसन्धानको क्रम जारी छ, तीन जनालाई सोधपुछका लागि ल्याएका छौं, पत्ता लागेमा नियमानुसार कार्बाही हुन्छ–प्रहरी प्रमुख राठौरले भने ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्