आज पनि देशको विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, सावधानी अपनाउन विभागको आग्रह – Kanika Khabar
Friday, December 5Nepali News Portal

आज पनि देशको विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, सावधानी अपनाउन विभागको आग्रह

    मा प्रकाशित

कनिका संवाददाता
असार ३१, काठमाडौं

आज पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाका कारण बाढी, पहिरो तथा डुबानको समेत खतरा देखिएकाले होसियारी अपनाउन विभागको मौसम पूर्वानुमान महाशाखाले जोखिम क्षेत्रका बासिन्दालाई आग्रह गरेको हो । महाशाखाका अनुसार प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै राति पनि केही स्थानमा हल्कादेखि मध्यसम्म वर्षा हुनेछ भने प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ, ‘देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश १, प्रदेश ५, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको हुँदा यी प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्