अम्बाथानको गेट भत्केर गम्भीर दुर्घटना भएको प्रति सांसदको ध्यानाकर्षण – Kanika Khabar
Friday, May 16Nepali News Portal

अम्बाथानको गेट भत्केर गम्भीर दुर्घटना भएको प्रति सांसदको ध्यानाकर्षण

    मा प्रकाशित

कनिका संवाददाता
असार ३१, सिन्धुपाल्चोक
बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणको क्रममा अम्बाथानको गेट भत्केर गम्भीर दुर्घटना भएकोप्रति ध्यानाकर्षण भएको सिन्धुपाल्चोक २ का प्रतिनिधिसभा सदस्य, शेरबहादुर तामाङ्गले बताउनु भएको छ । उहाँले हिजो प्रेस वक्तव्य जारी गर्दै ईन्जीनियर सतिस गोहित र सवारी चालक राधाकृष्ण थापामगर वेपत्ता भएकोमा सकुशल उद्दारको अपेक्षासहित घाईते दावा लामा र शेखर खनालको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । त्यस्तै उहाँले सुरङको परीक्षणको क्रममा गेट फुट्नुले केही प्रश्नहरू उब्जाएको पनि बताउनुभयो । यही आषाढ २१ गते सुरुङको परीक्षणको नाममा हतार हतार स्थानीय जनता र जनप्रतिनिधिहरूलाई थाहै नदिई सुरुङमा पानी हाल्नु कतै राम्रोसँग सुरुङ वा गेटको सेटिङ नै नभई परिक्षण त गरिएन ? जसको परिणाम गेट नै भत्किन पुग्यो भन्दै उहाँले प्रश्न गर्नुभएको छ ।

यस घटनाले सम्पूर्ण संरचनाको पूनः एकपटक स्वतन्त्र निकायबाट निष्पक्ष जाँच गर्नुपर्ने आवश्यकता देखिएको पनि वक्तव्यमा उल्लेख छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्