गत २४ घण्टामा एक सय १६ कोरोना सङ्क्रमित थपिए – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

गत २४ घण्टामा एक सय १६ कोरोना सङ्क्रमित थपिए

    मा प्रकाशित

कनिका संवाददाता
असार ३१, काठमाडौं
गत २४ घण्टाको अवधिमा मुलुकभर थप एक सय १६ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमति जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा एक सय १६ जनामा कोरोना सङ्क्रमण भएसँगै नेपालमा सङ्क्रमितको संख्या १७ हजार एक सय ७७ पुगेको जनाएको छ । जिल्लागत तथ्याङ्क अनुसार सङ्क्रमित हुनेमा धनकुटाका एक, मोरङका एक, ताप्लेजुङका एक, सप्तरीका १३, धनुषाका ६, नुवाकोटका एक, काठमाडौँका सात, सिन्धुपाल्चोकका एक, चितवनका आठ, नवलपरासी पूर्वका ११ रहेका छन् । यस्तै रौटहटका पाँच, धादिङका एक, पाल्पाका एक, गोरखाका एक, कास्कीका तीन, तनहुँका तीन, म्याग्दीका नौ, सल्यानका तीन, अछामका एक, दैलेखकका तीन जना सङ्क्रमित रहेका छन् । जाजरकोटका एक, जुम्लाका दुइ, मुगुका एक, सल्यानका दुइ, सुर्खेतका २८ र डडेलधुराका दुइ जना रहेका छन् । पीसीआर विधिबाट हालसम्म दुइ लाख ९८ हजार आठ २९ परीक्षण गरिएका छन् र २४ घन्टामा पाँच हजार ९० परीक्षण भएका मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २४ हजार पाँच सय २७ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ६ हजार एक सय १३ जना रहेको छ । यसैविच नेपालमा कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटका परवा नगरपालिका वडा सातका ३६ वर्षका पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । प्रवक्ता डा. गौतमले उनको मृत्यु नारायणी अस्पताल वीरगन्जमा आईसीयूमा उपचारका क्रममा आज दिउसो साढे दुइ बजे मृत्यु भएको बताउनुभयो । आजसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्