हराइरहेकाको खोजी र बिस्थापितलाइ राहत दिनमा चासो नदिएको स्थानीय सरकारको गूनासो – Kanika Khabar
Friday, April 19Nepali News Portal

हराइरहेकाको खोजी र बिस्थापितलाइ राहत दिनमा चासो नदिएको स्थानीय सरकारको गूनासो

    मा प्रकाशित

कनिका संवाददाता
असार ३१, सङ्खुवासभा
संखुवासभाको शिलिचोङ गाउँपालिका १ बेसिन्दामा पहिरोमा पनि हराईरहेका ११ जना बेपत्ताको खोजी र बिस्थापितलाई ब्यवस्थीत गर्न नसकेको भन्दै सरकारको आलोचना भएको छ । पिडीत नागरिक राज्य बिहिन अवस्थामा पुगेको भन्दै स्थानीयले पहिरोमा हराईरहेका ११ नागरिकको खोजवीन र पिडितका परिवारलाई तत्काल राहत सहित स्थाई बसोबासको तत्काल ब्यवस्था मिलाउन आग्रह गरेका छन् । असार २७ गते गएको पहिरोमा परि शिलिचोङ् गाउँपालिका १ बेसिन्दामा हराएका ११ जना अझै फेला परेका छैनन् । पहिरोका कारण बिस्थापित भएकालाइ खाद्यान्न बितरणको काम पनि हुन नसकेको पिडितहरुको गूनासो छ । तर प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्यले भने प्रभावितहरुलाइ खाना र बस्नको राम्रो व्यवस्था भएको सीआईएनसंग बताउनुभयो । पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले आफ्नै पहलमा राहत पु¥याउनुभएको छ । पुर्वराज्यमन्त्री खड्काले घाईतेहरुलाई खाँदबारी अस्पतालमा उपलब्ध भएसम्मको स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्