कनिका खबर
साउन १, नुवाकोट ।
जङ्गली जनावर बाँदरले किसानहरूलाई निकै दुःख दिएपछि नुवाकोटको पूर्वी भेगमा रहेको पन्चकन्या गाउँपालिकाले बाँदर नियन्त्रण अभियान सुरु गरेको छ । बजेट निर्माणको क्रममा योजना छनौट गर्नलाई वडा भेला हुँदा स्थानीयले बाँदर आतङ्क नियन्त्रण गर्नुपर्ने माग राखेका थिए । सोही मागलाई संबोधन गर्दै गाउँपालिकाले तत्काललाई १० थान बन्दुक खरिद गरी बाँदर आतङ्कलाई नियन्त्रण गर्ने अभियानमा जुटेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताए । उनका अनुसार एउटा बन्दुकलाई २ हजार ५ सय रुपैयाँमा खरिद गरेर ल्याइएको हो ।
राष्ट्रिय आविष्कार केन्द्रद्वारा निर्मित उक्त बन्दुक खरिद गरी बाँदर आतङ्क नियन्त्रण गर्न परीक्षण थालिएको छ । विशेष गरी पञ्चकन्याको वडा नम्बर २, ३, ४ र ५ का किसानहरू बाँदरबाट पीडित छन् । बाँदरले किसानले लगाएको मकै, फलफूल तथा दलहन बाली नष्ट गरेपछि हजारौं किसान समस्यामा परेका छन् ।
मा प्रकाशित