प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यू – Kanika Khabar
Friday, May 3Nepali News Portal

प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यू

    मा प्रकाशित

प्युठान, ८ बैशाख ।

प्युठानको माण्डवी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यू भएको छ । माण्डवी गाउँपालिका १ मुर्कुटी स्थित छबिसे चौरमा दाङको घोराहीबाट प्युठानतर्फ आउदै गरेको रा ५ प १५२८ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यू भएको हो ।

अर्का एकजना घाईते भएका छन् । दुर्घटनामा मृत्यू हुनेमा दाङको घोराही उपमहानगरपालिका ११ का २७ वर्षीय बिमल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक ईस्वर थापाले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्