दाङसहित देशभरकाे तापक्रम बढ्याे – Kanika Khabar
Friday, May 3Nepali News Portal

दाङसहित देशभरकाे तापक्रम बढ्याे

    मा प्रकाशित

दाङ, १० वैशाख ।
एक हप्तायता दाङसहित देशभरकाे तापक्रम बढेको छ । एक हप्तायता दाङसहित देशभर गर्मी बढेको हाे ।

याे समाचार तयार पार्दासम्म दाङको तापक्रम ३३ डिग्री सेल्सियस पुगेकाे छ । याे तापक्रम आज
३८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
तराईका विभिन्न ठाउँमा तातो हावा चल्न थालेको छ । धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरको तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

अझ जनकपुर र भैरहवाको तापक्रम ४० डिग्री सेल्सियसभन्दा पनि धेरै छ । शनिवार भैरहवाको तापक्रम ४३ दशमलव ६, नेपालगञ्जको ४२ दशमलव २ र धनगढीको ४२ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो ।

तराईका विभिन्न ठाउँमा तातो हावा चलेर तापक्रम ‘लु’ को अवस्थामा पुगे पनि जल तथा मौसम विज्ञान विभागले लु’ चलेको आधिकारिक घोषणा गरिसकेको छैन । सामान्यतया लगातार तीन दिन वा त्योभन्दा धेरै समयसम्म असामान्य रूपमा तापक्रम बढ्दा लु’ चलेको घोषणा गरिन्छ ।

काठमाडौको तापक्रम ३३ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको छ । आज पनि बिहानैदेखि गर्मी छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्