सत्ता गठबन्धन कहिलेसम्म टिक्छ, भन्न सकिदैन : नेपाल – Kanika Khabar
Saturday, May 4Nepali News Portal

सत्ता गठबन्धन कहिलेसम्म टिक्छ, भन्न सकिदैन : नेपाल

    मा प्रकाशित

काठमाडौं, १० वैशाख ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता गठबन्धन कति लामाे समय टिक्ने भन्नेमा आशङ्का व्यक्त गरेका छन् । आज साेमबार एक कार्यक्रममा सम्बाेधन गर्दै अध्यक्ष नेपालले छोटो समयभित्र गठबन्धन ओल्टेकोल्टे गरेको बताउँदै वर्तमान सत्ता गठबन्धन लामाे समयसम्म टिक्नेमा शङ्का व्यक्त गरेका हुन् ।

नेकपा एमालेको पार्टीकाे केन्द्रीय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन अध्यक्ष नेपालले आफूहरूले सहज महसुस नगरेकाले गठबन्धन कति समय टिक्छ भन्ने प्रश्नको जबाफ पनि नभएको बताए।
‘परिस्थिति जटिल छ । छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुङ्गो छैन । त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुहुनेछ । मैले दिन सक्दिनँ । तर पनि अलिअलि भन्न सक्छु । परिस्थिति सहज छैन । हामी सहज मानिरहेका छैनौँ । सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौँ ।’ अध्यक्ष नेपालले बताए ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै आफूहरू कसैको गालीगलौज सहनका लागि नजन्मेको भन्दै कसैको दास नबन्ने बताए ।
कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि राजनीतिमा नआएको, समाजमा नजन्मिएकाे तथा राजनीतिमा नलागेकाे अध्यक्ष नेपालले बताए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्