एमालेलाई देउवाकाे प्रश्न : मदन भण्डारीकाे हत्यारा काे हाे ? – Kanika Khabar
Friday, May 3Nepali News Portal

एमालेलाई देउवाकाे प्रश्न : मदन भण्डारीकाे हत्यारा काे हाे ?

    मा प्रकाशित

काठमाडौं, १० वैशाख ।
प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेलाई मदन भण्डारीको हत्यारा किन नखाेजिएकाे भन्दै प्रश्न गरेका छन् ।

एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले मदन भण्डारीको रहस्यमय दुर्घटनाबारे खोजबिन गर्न कसले राेकेकाे छ भन्दै प्रश्न गरेका हुन् ।

सभापति देउवाले काङ्ग्रेसलाई गाली गरिएको भन्दै आक्रोशित हुँदै विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति भएको र एमालेका नेताहरू पटक पटक प्रधानमन्त्री भए पनि मदन भण्डारीको मृत्यु किन भयो भन्ने किन छानबिन नगरेको भन्दै प्रश्न गरेका हुन् ।

‘मदन भण्डारीजस्तो व्यक्तित्वको बारेमा राम्रै कुरा गर्ने इच्छा थियो। अहिले आएर उहाँहरू (एमाले)ले काङ्ग्रेसलाई गर्नुसम्म गाली गर्नुभयो। मैले जवाफ दिनुपरिहाल्यो मलाई गाली गर्नेहरूले मदन भण्डारी किन मर्‍यो किन भन्न सक्दैन?,’ उनले भने, ‘मदन भण्डारी मारेको कुरा खोजबिन हुनुपर्‍यो, भण्डारीको रहस्मय घटनाको बारे छानबिन गर्न कसले रोकेको छ? काङ्ग्रेसले रोकेको हो, कसले रोकेको छ?’ सभापति देउवाले प्रश्न गरे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्