कतारका राजा नेपाल आउँदै, राष्ट्रपति पौडेलले स्वागत गर्ने – Kanika Khabar
Saturday, May 4Nepali News Portal

कतारका राजा नेपाल आउँदै, राष्ट्रपति पौडेलले स्वागत गर्ने

    मा प्रकाशित

काठमाडौँ, ११ वैशाख ।
आज नेपालमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आउने भएका छन् । अमिर सेख औपचारिक भ्रमणका लागि आज अपराह्न ४ बजे नेपाल आउने भएका हुन् । कतारका राजा अमिर पहिलो पटक नेपाल भ्रमणमा आउन थालेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने भ्रमणका लागि उनी नेपाल आउन लागेका हुन् । अमिरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्नेछन् । उनको सवारीको दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुनेछ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार मंगलबार दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि ‘नोटिस टु एयरमेन’ (नोटाम) जारी गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले आजै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै, कतारी अमिर राष्ट्रपति पौडेलले साँझ आयोजना गर्ने राजकीय भोजमा सामेल हुनेछन् ।

अमिरले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय भेटवार्ता गर्ने छन् भने भोलि नै केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । उनी भोलि नै काठमाडौँबाट फर्किने तालिका रहेको छ । अमिर सेखको नेपालमा राजकीय भ्रमणको अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्