१८ ओैँ लोकतन्त्र दिवस : काङ्ग्रेसले चलायो सरसफाइ – Kanika Khabar
Saturday, May 4Nepali News Portal

१८ ओैँ लोकतन्त्र दिवस : काङ्ग्रेसले चलायो सरसफाइ

    मा प्रकाशित

दाङ, ११ वैशाख ।

१८ ओैँ लोकतन्त्र दिवसको अवसरमा नेपाली काङ्ग्रेस दाङ २(१) ले सरसफाइ अभियान थालेको छ । १८ ओैँ लोकतन्त्र दिवसको अवसरमा काङ्ग्रेस २(१) ले जिल्लाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान परिसरमा सरसफाइ गरेको हो । १८ ओैँ लोकतन्त्र दिवसको शुभारम्भ अन्तर्गत काङ्ग्रेस २(१) ले राप्ती स्वास्थ्य विज्ञान परिसरमा सरसफाइ गरेको छ ।

 

सरसफाइ अभियानका प्रमुख अतिथि तथा काङ्ग्रेस दाङका सभापति शङ्करप्रसाद डाँगीले हरेक दिवसलाई बन्द कोठामा मनाइनुभन्दा सामाजिक कार्यमा बदल्नसक्नु राम्रो रहेको बताए । ‘ लोकतन्त्र दिवसको अवसरमा काङ्ग्रेसले थालेको सरसफाइ लगायतका विभिन्न कार्यक्रमले दिवसको अवसरमा सकारात्मक सन्देश सम्प्रेषण गर्न सक्छन् । अस्पताल क्षेत्रमा गरिएको सरसफाइ रचनात्मक कार्यको एउटा बिम्ब मात्र हो, यसलाई हरेक राजनीतिक दल, संससंस्थाले निरन्तरता दिन सकेमा सरसफाइ कार्यमा राज्यलाइ समेत सहयोग पुग्दछ । यस्ता सामाजिक कार्य हामी सबैका साझा दायित्व हुन् । तर, यसमा सस्तो लोकप्रियता भने हुनु हुँदैन ।’ सभापति डाँगीले बताए ।

 

अस्पताल क्षेत्रबाट सरसफाइको अभियान थालेर यस्ता दिवसलाई रचनात्मक कार्यमा बदल्नु पर्ने सङ्केत दिएको काङ्ग्रेस दाङ २(१) का सभापति प्रकाश श्रेष्ठले बताए । ‘लोकतन्त्र दिवसको अवसरमा सरसफाइ कार्यलाई अगाडि सारेका छौँ । दिवसलाई भाषणमा मात्र सीमित राख्नेभन्दा पनि रचनात्मक कार्यमा बदल्न सके दिवसको महिमा रहने ठहर छ । हरेक दिवसलाई समाज सापेक्ष बनाउँदै कुनै न कुनै रचनात्मक तथा सिर्जनात्मक काम गर्न सकेमा त्यसले सकारात्मक सन्देश दिन्छ भन्ने हाम्रो ठम्याइ हो ।’ सभापति श्रेष्ठले बताए ।

 

‘समाजमा सकारात्मक सन्देश प्रदान गर्ने दिनका रुपमा दिवसलाई लिन सक्नुपर्छ । बन्द कोठाभित्र राजनीतिक आस्थाका बखानले दिवसको मर्म पूरा हुँदैन कि भन्ने हाम्रो बुझाइ हो । प्रत्येक दिवसमा कुन न कुनै रचनात्मक काम गर्न सक्यौँ भने त्यसले थोरै भए पनि अर्थ राख्दछ ।’ सचिव शिशिर अधिकारीले बताए ।

 

१८ औँ लोकतन्त्र दिवसको अवसरमा काङ्ग्रेस २(१) ले घोराही उपमहानगरपालिका वडा नम्बर १८ घोरदौरामा आज दिउँसो २ बजे पानी वितरण गर्ने छ भने बेलुका ६ः३० बजे बिपी चोकमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्