दाङका तीन सय बढी उजुरी अख्तियारमा – Kanika Khabar
Friday, May 3Nepali News Portal

दाङका तीन सय बढी उजुरी अख्तियारमा

    मा प्रकाशित

घोराही, ११ बैशाख ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दाङका तीन सय बढी उजुरी परेका छन् । आयोगमा जिल्लाका गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको बैशाख ९ गतेसम्मका गरी ३३४ उजुरी रहेको आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश बहादुर अधिकारीले जानकारी दिए ।

अख्तियामा दाङका गत आर्थिक वर्षमा जिम्मेवारी सरी आएका १०९ र चालु आर्थिक वर्षका २२५ उजुरी रहेको उनले बताए । अख्तियारमा उजुरी परेकामध्ये २३० मुद्दा फर्छ्याैट भइसकेको प्रमुख अधिकारीको भनाई छ । उनका अनुसार चालु वर्षको बैशाख ९ गतेसम्म दाङका १०४ उजुरी फछ्यौट गर्न बाँकी रहेका छन् ।

अख्तियारमा दाङसहित बाँके, बर्दिया र रोल्पाका गरी ९०४ वटा उजुरी रहेका छन् । ती उजुरीमध्ये सबैभन्दा बढी दाङका उजुरी रहेको उनले बताए । दाङपछि बाँकेका उजुरी रहेका छन् । बाँकेका ३२३, बर्दियाका १३३ र रोल्पाका ११४ उजुरी रहेको कार्यालयले जनाएको छ ।

अख्तियारमा आउने उजुरीमध्ये अधिकांश स्थानीय सरकार विरुद्धका रहेको प्रमुख अधिकारीले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जको, लुम्बिनी प्रदेशका चार जिल्लाका ३६ वटा पालिकामा हेर्ने जिम्मेवारी रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्