समयमै पढाइ सञ्चालन नभएको भन्दै तालाबन्दी – Kanika Khabar
Saturday, May 4Nepali News Portal

समयमै पढाइ सञ्चालन नभएको भन्दै तालाबन्दी

    मा प्रकाशित

घोराही, ११ बैशाख ।
समयमै पढाई सञ्चालन नभएको भन्दै क्याम्पस अफ लाइफ साइन्स तुलसीपुरमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन । उक्त क्याम्पसमा बिएसी एजि पहिलो सेमेस्टरमा भर्ना लिएका विद्यार्थीहरुको गत माघ महिनादेखी पढाइ नभएको भन्दै ती विद्यार्थीहरुले आज क्याम्पसमा तालाबन्दी गरेका छन् ।

विद्यार्थीहरुले एक बिज्ञप्ति जारी गर्दै क्याम्पसले बिगत देखि नै भोलि – भोलि भनेर टारिरहेको र विद्यार्थीहरुको भविष्यमाथि नै खेलवाड भएको जनाएका छन । तसर्थ आजकै मितिदेखि कलेज प्रशासन र सम्पूर्ण कक्षाको पठनपाठन बन्द हुने ताला लगाएको एक विद्यार्थीले जानकारी दिए ।

साथै आफ्ना मागहरु सुनुवाइ नभए आफूहरु कानुनी प्रक्रियामा जाने माग पूरा नभएसम्म कलेज प्रशासन बन्द नै रहने उनको भनाई छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्